Rumpum Advertisement
Dazzu

पेरिसमै बसेर पीएसजीलाई बलियो बनाउने नेयमारको चाहना

पेरिसमै बसेर पीएसजीलाई बलियो बनाउने नेयमारको चाहना

विराटनगर, २४ कात्तिक । ब्राजिलियन स्टार नेयमारले पूर्वक्लब बार्सिलोना फर्किने चर्चा लामो समय चल्यो । विश्वकै महँगो खेलाडी बन्दै क्याप नोउबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) आएका उनी फ्रान्सको राजधानीमा असफल भएपछि फेरि स्पेन फर्किने खबरहरू बाहिरिएका थिए ।

तर, २०१९–२० को च्याम्पियन्स लिगमा पीएसजीलाई फाइनल पुर्‍याउन सफल उनी पेरिसमै बस्ने मनसायमा पुगेका छन् । फ्रेन्च मिडिया ‘ले टेन स्पोर्ट्स’का पत्रकार हेड्रियन ग्रेनियरका अनुसार हाल नेयमारका प्रतिनिधि र पीएसजीबीच सम्झौता नवीकरण गर्ने विषयमा छलफल भइरहेको छ ।

‘नेयमारका प्रतिनिधिका अनुसार उनी पेरिसमै बस्ने मनसायमा छन्’, उनले ट्वीटरमा लेखेका छन्, ‘उनी टोलीलाई बलियो बनाउने लक्ष्यमा छन् । पीएसजीले पनि उनीसँग सम्झौता थप्ने मनसाय बनाएको छ तर उनीमाथि अरु कुनै अफर भने छैन ।’

नेयमार र पीएसजीबीचको हालको सम्झौता २०२२ मा सकिँदैछ । दुवै पक्ष सकारात्मक देखिएका कारण उनीहरूबीच पुनः सम्झौता थपिने सम्भावना छ ।