Rumpum Advertisement
Dazzu

इटोको कार दुर्घटना

इटोको कार दुर्घटना

विराटनगर, २४ कात्तिक । बार्सिलोनाका पूर्वखेलाडी सामुअल इटोको कार दुर्घटना भएको छ । ३९ वर्षीय इटो सवार कार शनिबार एनकोगंसाम्बा सहरको क्यामरुनियनमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यामरुनाको पश्चिमी शहर क्यामरुनियनमा भएको सो दुर्घटनामा उनको कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ । क्यामरुनका मिडियाहरूका अनुसार उनको कार विपरीत दिशाबाट आएको अर्को कारसँग ठोक्किएको थियो ।

दुर्घटनापछि इटोलाई तुरुन्तै अस्पताल लगेर स्वास्थ्य परीक्षण गराइएको थियो । परीक्षणको रिपोर्टमा इटोलाई चोट नलागेको देखिएको जनाइएको छ । उनको कारको अगाडिको भाग भने पूर्ण रूपमा क्षति भएको छ ।

इटोले बार्सिलोनाबाहेक रियल मड्रिड, इन्टर मिलान, चेल्सीलगायत क्लबबाट खेलेका छन् । उनले कतार क्लबबाट २०१९ मा सन्यास लिएका थिए ।