Rumpum Advertisement
Dazzu

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट ? यसो भन्छन् भिडाल

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट ? यसो भन्छन् भिडाल

विराटनगर, २४ कात्तिक । चिलियन मिडफिल्डर अर्टुरो भिडालले पूर्वसहकर्मी लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीच तुलना हुन नसक्ने बताएका छन् ।

यसै समर मात्र बार्सिलोनाबाट इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्ध भएका भिडालले कोरेर्रो डेल्लो स्पोर्ट्ससँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

भिडालले २ वर्ष क्याप नोउमा अर्जेन्टिनी स्टार मेस्सीसँग खेलेका थिए । रोनाल्ड कोइम्यान नयाँ प्रशिक्षकका रूपमा बार्सिलोना आएपछि भिडाल इन्टर मिलानमा अनुबन्ध भएका हुन् ।

दुई वर्षे बार्सिलोना बसाइमा मेस्सीसँग घनिष्ट मित्रता बढेकाे उनले बताएका छन् । यसैगरी भिडालले पूर्वसहकर्मी मेस्सीलाई अर्कै ग्रहबाट आएका बताएका छन् ।

‘मेस्सी र रोनाल्डोबीच तुलना हुन सक्दैन । मेस्सी अर्कै ग्रहबाट आएका हुन् । मैले उनीसँग दुई वर्ष बिताएको छु । सो समयमै धेरै कुरा मेरो हृदयमा बसे । त्यहाँ हामीबीच सुन्दर मित्रताले जन्म लिएको थियो । यो मित्रता सधैं रहनेछ’, उनले भने ।