Rumpum Advertisement
Dazzu

अजयको निर्देशनमा तयार हुने फिल्म ‘मे डे’ मा अमिताभ

अजयको निर्देशनमा तयार हुने फिल्म ‘मे डे’ मा अमिताभ

विराटनगर, २४ कात्तिक । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन र अजय देवगन एकसाथ फिल्ममा देखिने भएका छन् ।

फिल्म बजार विश्लेषक तरण आदर्शले यी दुबै अभिनेता थ्रिलर ड्रामा फिल्म ‘मे डे’बाट छिट्टै फिल्मको पर्दामा पुनः एकसाथ आउन लागेको ट्विटमार्फत् जानकारी दिएका हुन् । ‘मे डे’बाट सात वर्षपछि दुबैजना पुनः एकसाथ देखिन लागेका हुन् । अजयले फिल्ममा एक पाइलटको भूमिका निर्वाह गर्नेछन् ।

अजयकै निर्माण तथा निर्देशनमा फिल्म तयार हुने भएको छ । फिल्मका लागि अजय र अमिताभ तय भइसके पनि अन्य कलाकारको छनौट बाँकी रहेको जनाइएको छ । फिल्मको छायांकन डिसेम्बरबाट हैदरावादमा सुरू हुने भएको छ । अजय र अमिताभले ‘मेजर साब’, ‘आग’, ‘खाकी’, ‘सत्याग्रह’ र ‘तीन पत्ती’ लगायत एकसाथ कयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।