Rumpum Advertisement
Dazzu

बिहार विधानसभा निर्वाचन : ५७.०५ प्रतिशत मतदान खस्यो, मतगणनाको तयारी पूरा

बिहार विधानसभा निर्वाचन : ५७.०५ प्रतिशत मतदान खस्यो, मतगणनाको तयारी पूरा

विराटनगर, २४ कात्तिक । कोभिड १९ को बावजुद बिहारमा सम्पन्न भएको विद्यानसभा निर्वाचनमा ५७.०५ प्रतिशत मतदान खसेका छ । जुन मतदान संख्या २०१५ मा भएको चुनाबको तुलनामा केही मात्र बढी हो ।

आधाकारिक तथ्यांकअनुसार, यस वर्ष मतदान गर्नेहरुमा ५९.६९ प्रतिशत महिलाहरु सहभागी भएका थिए भने पुरुषतर्फबाट ५४.६८ प्रतिशत मात्र थियो । ७८ सिटका लागि सम्पन्न तेश्रो चरणको निर्वाचणमा कोशी–सीमाञ्चल, मिथिलाञ्चल र तीर्थुतका १५ जिल्लाबाट उत्साहपूर्णरुपमा सहभागी भएका कारणले अपेक्षाकृत मतदान संख्याभन्दा केही बढेको छ ।

पहिलो चरणमा सम्पन्न भएको निर्वाचनमा ५५.६८ प्रतिशत र दोश्रो चरणमा भएको निर्वाचणमा ५५.७० मत खसेको थियो । यी दुवै चरणमा सम्पन्न भएको चुनाबको तुलनामा केही प्रतिशतले बढी मत खसेको हो । गत वर्ष सम्पन्न भएको लोकसभामा ५७.३३ प्रतिशत मत खसेको रेकर्ड गरिएको थियो ।

मतदान सकिएसँगै निर्वाचनको मतगणनाका लागि तयारीसमेत पूरा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले बिहारको ३८ जिल्लामा ५५ वटा मतगणना केन्द्र बनाएको छ । २८ अक्टोबर, ३ नोभेम्बर र ७ नोभेम्बर गरी तीन चरणमा निर्वाचन सम्पन्न गरिएको थियो ।

पश्चिम चम्पारणको १२ सिट, गयाको २० सिट, सिवानको ८ सिट र बेगुसरायको ७ सिट मतगणनाका लागि यी चारवटा जिल्लामै मतगणना केन्द्र बनाइएको छ । बाँकी रहेको जिल्लामा एक वा दुईवटासम्म मतगणना केन्द्र बनाइएको छ । बिहारको राजधानी पटनाको सबै १४ सिटका लागि सबै मतगणना एकै स्थानमा हुनेछ, जसका लागि एएन कलेजलाई मतगणना केन्द्र बनाइएको छ ।

बिहारका मुख्य निर्वाचन अधिकारी एचाआर श्रीनिवासले भनेका छन् कि चुनाब आयोगले आवश्यक सुरक्षाका सम्पूर्ण तयारीहरु पूरा गरिसकेको छ जसका लागि केन्द्रीय सशस्त्र प्रहरी वल, बिहार सैन्य प्रहरी र जिल्ला प्रहरीलाई तैनाथ गरिएको छ ।

पूर्व सर्वेक्षण परिणामले के भन्छ ?

इन्डिया टुडेका चाणक्य र एबीपी न्युजका सी भोटरलले गरेको पूर्व मत सर्वेक्षणअनुसार तेजस्वी यादवले ठूलो जित हासिल गर्नसक्ने अनुमान गरेका छन् । जनसंख्या विभाजनको आधारमा मुस्लिम र यादव गठबन्धले आरजेडीलाई अगाडि बढाएको छ । तर बिहारका मुख्यमन्त्रि नितिशकुमारले बीजेपीसँग गठबन्धन गरेकाले मुस्लिम समुदायको भोट बाँडिन सक्ने अनुमानसमेत गरेका छन् ।

तथापि लालुप्रसाद यादवको कार्यकाललाई स्मरण गर्नसक्ने समूह कम रहेको छ, जसले तेजस्वीले प्राप्त गर्ने मतमा धेरै प्रभाव नपार्ने आँकलन पनि गरिएको छ । आज चाणक्यले भनेका छन् कि आरजेडी र कांग्रेस नेतृत्वको महागठबन्धनले बिहार विधानसभा चुनाबमा ४४ प्रतिशत मत प्राप्त गर्नेछ भने एनडीएले ३४ प्रतिशत मत प्राप्त गर्न सक्नेछन् ।

यसैबीच, टाइम्स नाउ सी वोटर सर्वेक्षणबाट आएको पहिलो प्रक्षेपणअनुसार दोश्रो सबैभन्दा बढी मतको हिस्सा र सिट बीजेपी पार्टीको रहने देखिएको छ । टाइम्स नाउबाट आएको पहिलो प्रहिलो प्रक्षेपणले बिहार चुनाबमा तेजस्वी यादव नेतृत्वको महागठबन्धनको नेतृत्व हुने भविष्यवाणी गरेको छ ।

स्रोत : इन्डिया टाइम्स र आजतक