Rumpum Advertisement
Dazzu

क्यालोरीले भरिएको केराको चिप्स कतिको फाइदाजनक ?

क्यालोरीले भरिएको केराको चिप्स कतिको फाइदाजनक ?

विराटनगर, २४ कात्तिक । केराको चिप्स विगत केही समयदेखि लोकप्रिय खाजा हुँदै आएको छ ।

केराको चिप्स स्वाद बढाउन प्रायः चिनीको सिरप, नुन र मसलाको प्रयोग गरिन्छ । केराको चिप्स बनाउनका लागि अत्यधिक प्रशोधन गरिएको हुन्छ । तेलमा फ्राई गरिएको, मह वा अन्य सिरपको साथ पकाइएको हुँदा केरा चिप्स क्यालोरीले भरिन्छ । एक कप लगभग ७२ ग्राम केराको चिप्समा ३७४ क्यालोरी, १.६ ग्राम प्रोटिन, ४२ ग्राम काब्र्स, ५.५ ग्राम फाइबर, २५ ग्राम चिनी, २४ ग्राम कुल बोसो र २१ ग्राम संतृप्त बोसो हुन्छ ।

कुनै प्रकारका केराका चिप्समा धेरै मह र गुलियो सिरप हुन्छ जसमा क्यालोरीको मात्रा उच्च हुन्छ । केराको चिप्स र सोही आकारको केरामा २ सय ५० प्रतिशत बढी क्यालोरी हुन्छ । एक कप केराको चिप्समा आलु चिप्सभन्दा धेरै क्यालोरी, कुल फ्याट, संतृप्त फ्याट र चिनीको मात्रा हुन्छ ।

हाइड्रेटेड, नन–फ्राइड तथा चिनी र संतृप्त फ्याट नभएको केराको चिप्सको सेवन गर्न सकिन्छ ।
केरा चिप्सलाई सुविधाजनक खाजाको लागि प्रयोग गर्न सकिन्छ । क्यालोरी र साधारण काब्र्सले भरिएको केराको चिप्सलाई एक कडा व्यायामपछि, पैदल यात्रा वा धेरै उर्जा चाहिएको बेला सेवन गर्न सकिन्छ ।

डिहाइड्रेटेड भएका कारण केराका चिप्सको लामो सेल्फ लाइफ हुन्छ । तर, केराको चिप्सभन्दा पनि केराको सेवन नै उत्तम हुन्छ । केराको चिप्स खाजाको रूपमा लिने निर्णय गरेमा चिप्सको मात्राको बारेमा सावधान रहनुपर्छ ।