Rumpum Advertisement
Dazzu

चाडपर्वको बेला अत्यधिक खाएपछि शरीरलाई स्वास्थ्य राख्ने तरिका

चाडपर्वको बेला अत्यधिक खाएपछि शरीरलाई स्वास्थ्य राख्ने तरिका

विराटनगर, २४ कात्तिक । चाडपर्वको समयमा सामान्यभन्दा धेरै खाने गरिन्छ ।

यस्तो समयमा खाइने खानामा अत्यधिक क्यालरी, चिल्लो तथा पचाउन सकस लाग्ने खाना समावेश हुन्छ । चाडपर्वमा धेरै खाएर आन्तरिक प्रणाली सफा गर्न अधिकांश मानिस ब्रत बस्ने, डाइटिङ गर्नेलगायतका धेरै उपायहरू अपनाउने गर्छन् । मानव शरीर आफैं सफा गर्न डिजाइन गरिएको हो । कलेजो र मिर्गौलाले शरीरबाट फोहोर र अस्वास्थ्यकर विष हटाउन चौबीसै घण्टा काम गर्छ ।

विभिन्न उपायहरू अपनाउँदा आन्तरिक प्रक्रिया सुस्त भए केवल शरीरलाई हानी हुन सक्छ । चाडपर्वपछि शरीरलाई फेरि स्वस्थ्य राख्नका लागि आन्तरिक प्रक्रियालाई ढिलो बनाउनुको सट्टा समर्थन गर्ने केही प्राकृतिक तरिका अपनाउनुपर्ने हुन्छ । नकारात्मक कुरालाई बेवास्ता गर्नुपर्छ । स्वस्थ र सफा खानामा ध्यान केन्द्रित गरिरहँदा पनि मनपर्ने खाना एकपटकमा खाँदा खासै फरक पर्दैन ।

दैनिक चिल्लो तथा अधिक क्यालरी भएको खाना खाँदा भने समस्याग्रस्त हुन सक्छ । चाडपर्वमा खाएको भोजपछि दैनिक तालिकामा फर्किनु पर्ने हुन्छ । नकारात्मक कुराले तनाव र अन्य स्वास्थ्य चिन्ताका लागि नेतृत्व गर्ने हुँदा सकारात्मक रहन कोसिस गर्नुपर्छ । चाडपर्वको समयमा सेवन गरिएको अतिरिक्त क्यालोरीलाई बर्न गर्न दिन तीन पटकसम्म तीव्र व्यायाम गर्नु पर्दैन ।

धेरै व्यायामले तनाव पैदा गर्न सक्ने हुँदा शरीरलाई रिकभर गर्न केही समय दिनुपर्छ । एकै पटक तीव्र व्यायाम गर्नुभन्दा पनि दैनिक र नियमित योग वा हिँड्ने प्रयास गर्नुपर्छ । शरीरको फोहोर हटाउन तथा पाचनका लागि धेरै तरल पदार्थ पिउनु राम्रो मानिन्छ । पानीले प्रणालीबाट अनावश्यक फोहोर उत्पादनलाई मूत्र र पसिनामार्फत् हटाउँछ ।

यसले मेटाबोलिजमलाई पनि बढाएर पुनः ऊर्जा दिन्छ । डाइटमा पानी, नरिवल पानी र पानीले भरिएका फलफूलहरू थप्न सकिन्छ । क्यालोरी सेवन सन्तुलनका लागि चाडपर्वपछि ब्रत बस्न सही लाग्न सक्छ, तर कहिलेकाहीँ यो उल्टो हुन सक्छ । ब्रत बस्नुको सट्टामा स्वस्थ र फाइबरयुक्त खानाको सेवन गर्नु पर्छ । फाइबरको सेवनले मिर्गौला र कलेजोलाई अझ राम्रो तरिकाले शरीरको फोहोर हटाउन मद्दत गर्छ ।

यसले राम्रो ब्याक्टेरियाको वृद्धि गरी पेटमा आएको बाधालाई सुधार गर्छ । फर्मेन्टौड खाना जस्तै दही र अचारले पाचन प्रक्रियालाई सजिलो बनाउन र डिटोक्सिफिकेसनको प्रक्रियालाई समर्थन गर्न सक्छ । यी खानाले राम्रो ब्याक्टेरियाको गठनमा मद्दत गर्छ, जसले पेटको स्वास्थ्य सुधार गरी समग्र स्वास्थ्यमा समेत सुधार गर्न सक्छ ।