Rumpum Advertisement
Dazzu

अनुहारको चाउरीपन हुन नदिन ध्यानमा राख्नु पर्ने कुराहरू

अनुहारको चाउरीपन हुन नदिन ध्यानमा राख्नु पर्ने कुराहरू

विराटनगर, २४ कात्तिक । दैनिक खाइने खाना र प्रयोग गर्ने क्रिमले मानिसलाई दिन प्रतिदिन बुढो बनाइरहेको हुन्छ ।

बुढ्यौलीपनासँगै छाला चाउरी पर्नु स्वभाविक हो । तर, जानीनजानी गरेका कामले उमेर नपुग्दै छालामा चाउरीपनको समस्या देखिन थाल्छौं । दैनिक बिहानबेलुका गुणस्तरीय फेसवासले मुख सफा गर्दा चाउरीपन कम हुँदै जान्छ । छाला सफा गर्दा बिस्तारै गर्नुपर्छ । रगडिएर वा छालामा ज्यादा दबाब दिएमा अनावश्यक चाउरीपन निम्त्याउँछ ।

राम्रो मोश्चराइजर र ४० प्लसको एसपीएफयुक्त सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । छाला जति सुख्खा हुन्छ उति नै छिटो चाउरीपन देखापर्ने हुँदा छालालाई जहिले नरम राखिराख्नु पर्छ । छालामा प्रत्येक २८ दिनको अन्तरालमा पुराना सेल मरेर नयाँ लेयर पलाउने गर्छ । यस्ता मृत कोशिकालाई हटाउन साप्ताहिकरुपमा स्क्रब गर्नुपर्छ ।

यसले मृत कोशिकालाई पूर्णरुपमा सफा गरी नयाँ कोशिकाको सुरक्षा गर्छ र छाला चम्किलो, मुलायम बनाई चाउरी पर्ने खतराबाट समेत जोगाउँछ । शरीरमा पानी तथा पोषण तत्वको कमी, निद्राको कमी, मानसिक तनाव, अत्यधिक धुम्रपान तथा मदिराको सेवन, थाइरोइड हर्मोनको उतारचढावका कारण छाला चाउरीपन हुने समस्या उत्पन्न हुन सक्छ ।

उमेर बढ्दै जाँदा छालामा भएको कोलेजेन हराउन थाल्दछ । यसलाई प्रोटिनले टाइट देखाउँने गर्छ । तसर्थ प्रोटिनयुक्त खाना अथवा प्रोटिन सप्लिमेन्ट्समा जोड दिनुपर्छ । चाउरीपनबाट मात्र नभएर छालाका अन्य समस्यासमेत हटाउनका लागि खानपानमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।

प्रशस्त मात्रामा भिटामिनयुक्त फलफूल, ताजा तरकारी, जुस तथा पानी । ओमेगा थ्री जस्ता सप्लिमेन्ट्समा प्रशस्त मात्रामा भिटामिन र मिनेरल्स पाइन्छ । यसले छालालाई सुख्खा हुन दिँदैन र चाउरीपन हुनबाट रोक्छ ।