Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणका कारण छ दिनभित्र दाजुभाइको मृत्यु

कोरोना संक्रमणका कारण छ दिनभित्र दाजुभाइको मृत्यु

विराटनगर, २४ कात्तिक । कोरोना संक्रमणका कारण भाइको मृत्यु भएको एक साता नबित्दै दाजुको मृत्यु भएको छ ।

मोरङको केराबारी गाउँपालिका–३ का ५९ वर्षीय दाजु र ५७ वर्षीय भाइको ६ दिनको अन्तरमा मृत्यु भएको हो ।

७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका ५९ वर्षीय राजकुमार नेपालको आइतबार बिहान विराट मेडिकल कलेजमा मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानले विराटमा रेफर गरिएको थियो ।

उनका भाइ ५७ वर्षीय देवकुमार नेपालको १८ कात्तिकमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापका बिरामी देवकुमार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत थिए ।

राजकुमारको स्वास्थ्यमा समस्या देखिएपछि दसैको टिकाको दिन अस्पताल भर्ना गरिएको थियो । विराट र वीपीमा छ दिनको अन्तरमा दुईजना ठूलोबुबाको मृत्यु भएको भतिजी पूजा नेपालले बताइन् ।

कोरोना संक्रमणका कारण मृत्यु भएका देवकुमार शिक्षक हुन् । राजकुमार सामाज सेवामा सक्रिय थिए ।

केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार देवकुमार शिक्षक महासंघ केराबारी गाउँपालिका अध्यक्ष हुन् । राजकुमार पूर्व जनप्रतिनिधि रहेको उनले बताए । उनका अनुसार २०५४ सालमा राजकुमार तत्कालीन केराबारी गाविस–४ को वडा अध्यक्ष हुन् ।

‘उहाँहरू एकै परिवारको हुनुहुन्छ,’ उनले भने, ‘कोरोना संक्रमणका कारण छ दिनको अन्तरमा बित्नुभयो ।’