Rumpum Advertisement
Dazzu

महिला हिंसाविरुद्ध विराटनगरमा प्रदर्शन

महिला हिंसाविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर, २४ कात्तिक । महिला हिंसा तथा बलात्कारविरुद्ध विराटनगरमा किशोरीहरुले प्रदर्शन गरेका छन् । बालिकामाथि हुने बाल यौन दुव्र्यवहार, बलात्कार, जबरजस्ती करणी तथा महिला हिंसाविरुद्ध प्रदर्शन गरेका हुन् ।

‘अझै कति सहने’ नामक देशव्यापी अभियानमार्फत् नो मिन्स नो, बालिकामाथि हुने बलात्कार बन्द गर, बलात्कारीलाई सजाय दे र समाजमा हिंसा बन्द गरलगायतका प्लेकार्ड तथा ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

उनीहरुले कालोपट्टी, कालो मास्क र कालो पोशाक लगाएर समाजमा हुने बलात्कारका घटनाप्रति विरोध जनाउँदै पीडितलाई परिवारलाई न्यायको माग गरेका थिए । उनीहरुले समाजमा भइरहेका यस्ता घटनाहरुप्रति प्रहरी प्रशासन र राज्य निकायलाई थप सशक्त बन्न आग्रह गर्दै सचेतनामूलक नृत्यसमेत गरेका थिए ।