Rumpum Advertisement
Dazzu

मोबाइल चलाएको आरोपमा अर्नब गोस्वामीलाई पठाइयो जेल

मोबाइल चलाएको आरोपमा अर्नब गोस्वामीलाई पठाइयो जेल

विराटनगर, २४ कात्तिक । रिपब्लिक टिभीका संस्थापक एवम् प्रधानसम्पादक अर्नब गोस्वामीलाई तलोजा जेल पठाइएको छ ।

एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्सहान घटनामा पक्राउ परेका गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको हो । न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्रमा पठाइएको थियो । अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि उनलाई जेल पठाइएको हो ।

प्रहरीका अनुसार गोस्वामी अन्य व्यक्तिको मोबाइलबाट सामाजिक सञ्जालमा सक्रिय भइरहेका थिए । तलोजा जेल लाँदैगर्दा अर्नबले अलिबागका जेलरले शनिबार साँझ उनीमाथि कुटपिट गरेको र आफ्ना वकिलसँग पनि कुरा गर्न नदिएकोसमेत आरोप लगाएका छन् । अर्नबको जमानत याचिका बम्बे हाइकोर्टले आज फैसला सुनाउने भएको छ ।

मुम्बई प्रहरीले अर्नबसँगै फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमालाई आत्महत्याका लागि दुरूत्सहान गरेको भन्दै पक्राउ गरेको हो । ती इन्टेरियर डिजाइनरले सुसाइट नोटमा अभियुक्तहरूले आफ्नो भुक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।