Rumpum Advertisement

आर्सनलको मैदानमा एस्टोन भिल्लाको सहज जित

आर्सनलको मैदानमा एस्टोन भिल्लाको सहज जित

विराटनगर, २४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा आर्सनलले एस्टोन भिल्लासँग पराजय भोगेको छ । आइतबार राति भएको खेलमा आर्सनलले एस्टोन भिल्लासँग ३–० गोलको हार ब्यहोरेको हो ।

आर्सनलको मैदानमा भिल्लालाई जिताउन ओले वाटकिन्सले दुई गोल गरे । भिल्लाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको २५औं मिनेटमा आर्सनलका बुकायो साकाले आफ्नै पोस्टमा गोल गरेपछि भिल्लाले सुरुआती अग्रता बनाएको थियो ।

७२औं मिनेटमा वाटकिन्सले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेट नबित्दै वाटकिन्सले दोस्रो गोल गर्दै भिल्लालाई ३–० गोलको जित दिलाए ।

यससँगै भिल्ला छैटौं स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १५ अंक जोडेको छ । आर्सनल भने १२ अंका साथ ११औं स्थानमा छ ।