Rumpum Advertisement
Dazzu

सिटी र लिभरपुलले बराबरी खेले

सिटी र लिभरपुलले बराबरी खेले

विराटनगर, २४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आइतबार राति सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सिटीको मैदान इतिहाड स्टेडियममा लिभरपुलले सुरुआती अग्रता बनाएको थियो । १३औं मिनेटमा मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा ग्राबियल जेससले गोल गर्दै सिटीलाई बराबरीमा फर्काए । खेलको ४२औं मिनेटमा सिटीले पेनाल्टीको मौका पाएको थियो । जसमा केभिन डी ब्रुने चुकेपछि सिटीले अग्रता लिने अवसर खेर फालेको थियो ।

त्यसपछि बाँकी रहेको समयमा दुवै टोली गोल गर्न असफल हुँदा सिटी र लिभरपुलले १–१ अंक बाँडे ।

बराबरीसँगै तेस्रो स्थानको लिभरपुलले ८ खेलबाट १७ अंक जोडेको छ । सिटीले ७ खेलबाट १२ अंक जोडेको छ । साविकको उपविजेतासमेत रहेको सिटी १०औं स्थानमा उक्लिएको छ ।