Rumpum Advertisement
Dazzu

पार्टीबाटै सरकारलाई असहयोग भयो : ओली

पार्टीबाटै सरकारलाई असहयोग भयो : ओली

विराटनगर, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताएका छन् ।

पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उनले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि बढाएका हुन् । बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो ।

प्रधानमन्त्रीसितको छलफलमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले सरकारलाई असहयोग गर्ने शैली सच्याउनुपर्नेमा प्रम ओलीले जोड दिनुभएको बताए । उनका अनुसार प्रधानमन्त्रीले पार्टीमा गुटगत राजनीति सुरु भएको र केही नेताले सरकारलाई असफल पार्ने षड्यन्त्र गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

स्थायी कमिटी सदस्य पाण्डेले पार्टीमा देखिएको पछिल्लो विवाद कसरी समाधान गर्ने त्यसका बारेमा अध्यक्ष ओलीसँग छलफल भएको बताए
। आजको गोरखापत्र दैनिकमा समाचार छ