Rumpum Advertisement
Dazzu

इन्टर मिलान र अटलान्टाले अंक बाँडे

इन्टर मिलान र अटलान्टाले अंक बाँडे

विराटनगर, २३ कात्तिक । इटालियन सिरी ‘ए’मा इन्टर मिलान र अटलान्टाले अंक बाँडेका छन् । आइतबार बेलुका भएको खेलमा अटलान्टा र इन्टरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अटलान्टाको मैदानमा भएको खेलमा पाहुना टोली इन्टरले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

७९औं मिनेटमा अटलान्टाका अलेक्सी मिरान्चुकले गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो । र, बाँकी समय गोल नहुँदा १–१ अंक बाँडेका हुन् ।

यस बराबरीसँगै अटलान्टाले ७ खेलबाट १३ अंक जोडेको छ । समान खेलबाट इन्टरले १२ अंक जोडेको छ । अटलान्टा पाँचौं स्थानमा हुँदा इन्टर छैटौं स्थानमा छ ।