Rumpum Advertisement
Dazzu

हैदराबादलाई दिल्लीको १९० रनको लक्ष्य

हैदराबादलाई दिल्लीको १९० रनको लक्ष्य

वराटनगर, २३ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १९० रनको लक्ष्य दिएको छ ।

आइतबार शेख जायद क्रिकेट स्टेडियम टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ३ विकेटको क्षतिमा १८९ रन बनायो ।

दिल्लीका लागि शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका धवनले ६ चौका र २ छक्काको सहायतामा ७८ रन बताए । यस्तै सिम्रन हेटमेरले अजिवति ४२ रन बनाए भने मार्कुस स्टौयनिसले ३८ रन जोडे ।

कप्तान श्रेयस ऐयरले २१ रन जोड्दा रिषव पन्त २ रनमा अजिवित रहे ।

हैदराबादले सन्दीप शर्मा, जासोन होल्डर र रशिद खानले समान १–१ विकेट झारे ।

यस खेलमा दिल्लीले नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई भने बेन्चमा राखेको छ ।

यस खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने दाउमा छन् । यस खेल जित्ने टोलीले फाइनलमा मुम्बई इण्डियन्ससँग खेल्नेछ ।