Rumpum Advertisement
Dazzu

मन्त्री भट्टराई भन्छन् : मतभेद रहे पनि शीर्ष नेता एकताकै पक्षमा छन्

मन्त्री भट्टराई भन्छन् : मतभेद रहे पनि शीर्ष नेता एकताकै पक्षमा छन्

ताप्लेजुङ, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएका छन् ।

गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा रहेका मन्त्री भट्टराईले आइतबार मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्दै यस्तो बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेद मात्र भएको बताए ।

शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि उनीहरू पार्टी एकताकै पक्षमा रहेकाे उनकाे भनाइ छ ।

पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चार जना नेता नेकपामा रहकाले उनीहरू नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताए ।

पार्टी कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएको उनले बताए ।

पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्वसमेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उनले बताए ।

पार्टी एकताकै विषयलाई लिएर अन्तर्सघंर्षहरू चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जानेमा कार्यकर्ता पंक्तिलाई उनले विश्वास दिलाए । रासस