Rumpum Advertisement
Dazzu

रक्सी पिएको एक घण्टापछि शरीरमा हुन्छन् यस्ता असर

रक्सी पिएको एक घण्टापछि शरीरमा हुन्छन् यस्ता असर

विराटनगर, २३ कात्तिक । विज्ञका अनुसार शरीरलाई रक्सीको एक इकाई पचाउन लगभग एक घण्टा लाग्छ । उमेर, तौल र मेटाबोलिजमको आधारमा शरीरले रक्सी पचाउने समय भिन्न हुनसक्छ ।

रक्सीले उच्च रक्तचाप, स्ट्रोक, कलेजो रोग र क्यान्सरसहितका विभिन्न शारीरिक स्वास्थ्य समस्या निम्त्याउँछ । रक्सीको सेवनपछि रक्सी शरीरमा प्रवेश गर्छ र पेट र सानो आन्द्रामार्फत रक्सीलाई रगतले सोस्छ । पिएको १० मिनेटपछि नै रक्सीको प्रभाव महशुस गर्न सकिन्छ ।

रक्सीको प्रभाव ३० देखि ९० मिनेटपछि सम्पूर्ण रूपमा देखा पर्ने छ र त्यसपछि शरीरका सबै अंगमा परिचालन हुन्छ ।

रक्सी पिएपछि मातेको महशूस हुन रगतमा रक्सीको एकाग्रता बढी हुनुपर्छ । यो कलेजोले रक्सी पचाउनभन्दा बढी रक्सीको सेवन गरिरहेको बेला हुनेगर्छ ।

अत्यधिक मात्रामा रक्सी पिउनेको प्रायः आँखा धमिलो हुने वा डबल दृष्टिबाट तुरुन्तै प्रभावित हुन्छन् । रक्सीले वाकवाकी हुने, बान्ता आउने, पखाला, भोक कम लाग्ने हुन सक्छ ।

मानिसहरूले बान्ता र पखालापश्चात् डिहाईड्रेसनको अनुभव गर्छन् । रक्सी एक मूत्रवर्धक भएको कारण पिसाबमार्फत शरीरबाट पानी निस्कासन हुन्छ । जसले डिहाईड्रेसन निम्त्याउन सक्छ ।

रक्सीको सेवनले मग्नेशियम र क्याल्सियम जस्ता महत्वपूर्ण खनिजलाई पिसाब वा बान्तामार्फत गुमाइन्छ ।

यी तत्वको कम स्तरले अनियमित मुटुको धड्कन बढ्ने र दौरा निम्त्याउन सक्छ । रक्सीको सेवनले निमोनियाको जोखिम बढाउँछ ।

रगतमा रक्सीको उच्च एकाग्रता भएमा मुख र घाँटी आराम भइ खोकीलाई सजिलै रोकेर फोहोर र खकार हटाउन सक्दैन र फोक्सो क्षमतालाई कम गर्छ ।

जसकारण बान्ता र अन्य पदार्थ फोक्सोमा पस्न सक्छ र संक्रमण हुन सक्छ । रक्सीले तुरुन्तै मानसिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ ।

रक्सीले मूड स्विंग निम्त्याउन सक्छ । लापरवाहीका कारण प्रायः झगडा निम्त्याउँछ । रक्सी सेवन गरेको एक घण्टापछि, निर्णय र एकाग्रताको क्षमता बिग्रने हुन्छ । रक्सीको सेवनको कारण स्मरण शक्तीको क्षति पनि हुन सक्छ ।

रक्सीको सेवन गरेको एक घण्टापछि अधिक मिलनसार र कुराकानी गर्ने गर्छन् । साथै, बोली पनि अस्पष्ट हुन थाल्छ ।

रक्सीको अत्याधिक सेवनले रगतमा चिनीको स्तर घटाएर रिंगटा लाग्ने, पसिना आउने हुन्छ । रक्सीको सेवनले मात्तिएपछि असुरक्षित यौन सम्बन्धमा भाग लिने सम्भावना बढ्ने गर्छ जसकारण यौनसम्बन्धी समस्या हुने वा गर्भवती हुने खतरा पनि बढ्छ ।

रक्सीको सेवनले कलेजोमा दीर्घकालीन प्रभाव पार्न सक्छ । कलेजो रोग धेरै रक्सी पिउनेहरूमा प्रचलित छन् र उपचारबिना घातक हुन सक्छ ।

रक्सी सम्बन्धित कलेजोको बिरामीले कलेजोमा गम्भीर क्षति नभएसम्म प्रायः कुनै लक्षण देखाउने गर्दैन ।