Rumpum Advertisement
Dazzu

व्यायाम गरिरहेको बेलामा हाइ आउनसक्ने कारण यस्ता

व्यायाम गरिरहेको बेलामा हाइ आउनसक्ने कारण यस्ता

विराटनगर, २३ कात्तिक । अधिकांश मानिसलाई थकानका कारण हाइ आउने हुन्छ । तर, केही शारीरिक गतिबिधीका गरेको बेला वा सबै इन्द्रीयहरू सक्रियतासाथ व्यस्त हुँदा आउने हाइका कारण धेरै मानिस अचम्मित हुन्छन् ।

व्यायाम गर्दासमेत हाइ आउने समस्या हुन सक्छ । हाइ आउने सबैभन्दा सामान्य कारण भनेको थकान हो ।

दैनिक व्यायाम गर्न गाह्रो हुन सक्छ । व्यायाम गर्न बिहान सबेरै उठ्नुपर्छ वा बिहान समय नभए साँझमा केही समय निकाल्नु पर्छ ।

हाइ गर्नु तनाव र चिन्तासँग सम्बन्धित हुन्छ । व्यायामअघि प्रायः नर्भस र तनाव महशुस हुने गर्छ । तर, यो एक राम्रो प्रकारको तनाव हो जसकारण हाइ आउने हुन्छ ।

केही अध्ययनका अनुसार, हाइ आउँदा दिमागमा रगत प्रवाह बढ्ने हुन्छ जसले एकाग्रतामा सुधार गरि ध्यान केन्द्रित राख्न मद्दत गर्छ । कुनै पनि अन्य गतिविधि जस्तै दिन प्रतिदिन एकै प्रकारको व्यायाम गर्दा बोर भइन्छ ।

व्यायाममा चासोको कमीले व्यायामलाई नियमितता दिन सकिँदैन ।

मस्तिष्कलाई सक्रिय राख्न र शरीरलाई चुनौती दिनको लागि दैनिक विभिन्न प्रकारको व्यायाम गर्नुपर्छ । दैनिक गर्ने व्यायामको प्रकारले पनि हाइ आाउने अनैच्छिक कार्यलाई निम्त्याउन सक्छ । हाइसँग सम्बन्धित सबैभन्दा सामान्य व्यायाम उच्च-तीव्रताको व्यायाम हो ।

शरीरमा उच्च प्रभाव पर्ने व्यायाम गर्दा शरीरको सबै प्रमुख मांसपेशीहरू व्यस्त हुन्छन्, जसले तापमानलाई बढाउन सक्छ ।

जसकारण आरामको समयमा अत्याधिक हाइ आउने गर्छ । व्यायाम गर्दा हाइ गर्नुको प्रमुख कारणमध्ये एक शरीरको तापक्रममा स्पाइक भएको हुन सक्छ । ठूलो मात्रामा चिसो हावा शरीरभित्र पर्दा मस्तिष्कको तापक्रम कम हुन्छ ।

यसले पसिनाको रूपमा शरीरबाट निसक्ने पानीलाई रोक्छ । व्यायामको समयमा हाइ गर्दा कुनै समस्या भने हुँदैन ।

यसले शरीरलाई चिसो पार्न मद्दत गर्छ । हाइ गर्नु शरीरको एक अनैच्छिक प्रतिक्षेप कार्य भएको हुँदा यसलाई नियन्त्रण गर्न सकिँदैन ।

हाइ आउन कम गर्नका लागि राम्ररी आराम गर्ने वा थकित नहुने कुरामा ध्यान दिनुपर्छ । चोटपटक लागेको छ वा कमजोर महशुस भइरहेको छ भने केही दिनको लागि व्यायाम नगर्नुहोस् ।