Rumpum Advertisement
Dazzu

केनको गोलमा टोटनह्याम शीर्ष स्थानमा

केनको गोलमा टोटनह्याम शीर्ष स्थानमा

विराटनगर, २३ कात्तिक । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले कठिन जित निकालेको छ । आइतबार बेलुका टोटनह्यामले वेस्ट ब्रोममाथि १–० गोलको कठिन जित निकालेको छ ।

वेस्ट ब्रोमको मैदानमा टोटनह्यामलाई जिताउन कप्तान ह्यारी केनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको उक्त खेलको ८८औं मिनेटमा म्याट डोहर्टीको पासमा केनले गोल गर्दै टोटनह्यामलाई जिताए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ खेलबाट १७ अंक बनाएको छ । ब्रोम भने ३ अंकका साथ १८औं स्थानमा छ ।