Rumpum Advertisement
Dazzu

‘मुटु जोडौँला’ भन्दै सागर र नीता (भिडियोसहित)

‘मुटु जोडौँला’ भन्दै सागर र नीता (भिडियोसहित)

विराटनगर, २३ कात्तिक । हास्यकलाकार सागर लम्साल (बले) र अभिनेत्री नीता ढुङ्गानाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मुटु जोडौँला’ बोलको गीतको भिडियोलाई गायक सम्राट चौलागाईको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सम्राट चौलागाईलाई एलिना चौहानले आवाजमा साथ दिएकी छन् ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा सम्राटले नै संगीत भरेका छन् । सुरेन्द्र बसेलले निर्देशन गरेको गीतको भिडियोको कोरियोग्राफ़ी निर्देशक बसेलले आफैँ गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई वीरबहादुर थारुले सम्पादन गरेका हुन् ।

यसअघि सम्राट र एलिनाको स्वरमा ‘कहिले माया देखायौ’ सार्वजनिक भएको थियो ।

जुन गीतले निकै चर्चा पाएको थियो । हाल सार्वजनिक भएको गीतलाई ‘कहिले माया देखायौँ २’ पनि भनिएको छ ।