Rumpum Advertisement
Dazzu

रोनाल्डोको गोलमा पहिलो हाफभरि युभेन्टसको अग्रता

रोनाल्डोको गोलमा पहिलो हाफभरि युभेन्टसको अग्रता

विराटनगर, २३ कात्तिक । इटालियन सिरी ‘ए’मा अहिले साविकको विजेता युभेन्टस र लाजियोले खेलिरहेका छन् । लाजियोको मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली युभेन्टसले अग्रता बनाएको छ ।

स्टेडियो ओलम्पिकोमा युभेन्टसले १–० गोलको अग्रता बनाएको हो । खेलको १५औं मिनेटमा जुआन क्वाड्राडोको पासमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका हुन् ।

यस खेलमा युभेन्टस आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा छ । यसैगरी ऊ शीर्ष दुईमा उक्लिने योजनामा छ ।

युभेन्टस हाल १२ अंकका साथ तेस्रो स्थानमा छ । ६ खेल खेलेको उसले ३ खेलमा जित ३ खेलमा बराबरी नतिजा निकालेको छ । लाजियो भने १० अंकका साथ नवौं स्थानमा छ ।