Rumpum Advertisement
Dazzu

प्रदेश १ मा अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय फिर्ता

प्रदेश १ मा अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय फिर्ता

विराटनगर, २३ कात्तिक । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको अनिश्चितकालीन यातायत बन्द फिर्ता लिएको छ ।

यातायात व्यावसायीले बन्दमा बस चलाएपछि महासंघले आइतबारबाट आह्वान गरेको बन्द फिर्ता लिएको हो ।

प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर व्यावसायीले महासंघको निर्णय मानेनन् ।

आइतबार निर्वाध रूपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका  थिए ।

व्यावसायी र अन्य संगठनबाट असहयोग भएपछि बन्द गर्ने निर्णय फिर्ता भएको महासंघ प्रदेश १ महासचिव रमेश खत्रीले जानकारी दिए । उनले अन्य संघर्षका कार्यक्रम भने जारी राख्ने बताए ।