Rumpum Advertisement
Dazzu

बंगलादेशमा नेपाली फुटबल टोलीको प्रशिक्षण (फोटो फिचर)

बंगलादेशमा नेपाली फुटबल टोलीको प्रशिक्षण (फोटो फिचर)

काठमाडौं, २३ कात्तिक । मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार (आज) बाट प्रशिक्षण थालेको छ । सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै टोलीले आजबाट प्रशिक्षण थालेको हो ।

टोलीले पहिलो दिन क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको थियो । बगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।

नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास सुरु गरेको हो ।

कोरोना भाइरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहीबार ढाका प्रस्थान गरेको हो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ ।

बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ ।

जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।