Rumpum Advertisement
Dazzu

आज २८ सय १७ संक्रमित थपिए

आज २८ सय १७ संक्रमित थपिए

विराटनगर, २३ कात्तिक । नेपालमा आइतबार थप २८ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गर्दा थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार ५१९ रहेको छ ।

आइतबार थप २८ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ५७ हजार ९२६ पुगेको छ ।

कुल संक्रमितमध्ये ८१.१ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट ज्यान गएसँगै मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।