Rumpum Advertisement
Dazzu

जाडोमा चिसो भगाउनका लागि भेजिटेवल सुप

जाडोमा चिसो भगाउनका लागि भेजिटेवल सुप

विराटनगर, २३ कात्तिक । जाडोको मौसम सुरु भइसकेको छ ।

जाडोमा चिसो र बिरामी हुनबाट बच्नका लागि न्यानो हुन र तातो खानुपर्छ । चिसो मौसममा तातो हुनका लागि होस् वा रुघाखोखी निको पार्नका लागि सुप निकै उपयोगी हुने गर्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने, रुघाखोकी हटाउन सक्ने हुँदा मानिसहरू तातो सुप पिउन निकै रुचाउँछन् ।

तातो सुपले मुखको स्वाद फेरिनुका साथै घरमा पाएने भेजिटेवलले बनाएको हुँदा स्वास्थ्यका लागि हानी गर्दैन ।

भेजिटेवल सुपका लागि चाहिने सामग्री : काटेको प्याज, गाँजर, मुला, काउली, च्याउ, सिमी, बोडी, हरियो मटर, खुर्सानी, टमाटर वा आफूलाई मन परेको जुनसुकै तरकारी अदुवा लसुनको पेस्ट, नुन, गरम मसलाको धुलो, बेसार, खुर्सानी, बटर ।

सुप बनाउने विधि : एउटा कुकरमा अलिकति बटर हालेर प्याज, हरियो मटर, खुर्सानी, सानो सानो गरि काटिएको गाँजर, मुला, च्याउलगायतका अन्य तरकारीमा नुन, बेसर राखेर २ देखि ३ मिनेटसम्म भुट्ने । यी तरकारी अलिकति पाकेको जस्तो भएपछि टमाटर, अधुवा लसुनको पेस्ट, खुर्सानी र मसला हालेर मज्जाले भुट्ने । र, चाहिने जति पानी राखेर ४ देखि ५ सिट्टी दिने ।

सुप तयार हुने छ । साथै, तरकारीहरूलाई सुरुमै छुट्टै उसिनेर सानो सानो टुक्रा गरी हातले छुटाएर पछि कराईमा राखेर मसला राखी एकछिन भुट्ने र पछि सुप बनाउनका सकिन्छ । सुपमा चिकेनको सानो टुक्रा बा चिकेन क्युब पनि मिसाउन सकिन्छ । एउटा कचौरामा निकालेर तातो तातो सुप पिउनका लागि तयार छ ।