Rumpum Advertisement
Dazzu

कलाकार निर्मल शर्मालाई पनि कोरोना संक्रमण

कलाकार निर्मल शर्मालाई पनि कोरोना संक्रमण

विराटनगर, २३ कात्तिक । कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा पनि कोरोना संक्रमित भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पीसीआर परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । सामान्य ज्वरोबाहेक आफूलाई अन्य कुनै लक्षण नदेखिएको उल्लेख गर्दै अबका दुई हप्ता पूर्णरुपमा घरमा बस्ने बताएका छन् ।

निर्मलले आफूसँग सम्पर्कमा रहेका कसैलाई लक्षण देखा परे परीक्षण गराएर सुरक्षित रहनसमेत आग्रह गरेका छन् । नेपालमा संक्रमण भयवाहरुपले फैलिरहेको बेला हालसम्म एक दर्जन बढी कलाकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

केही दिनअघि मात्र अभिनेत्री ऋचा शर्माले तीन हप्ताको सेल्फ क्वारेन्टिनमा बसेर आफू कोरोनामुक्त भएको जानकारी गराएकी थिइन् ।