Rumpum Advertisement
Dazzu

‘एथ्लेटिकोलाई बार्सिलोनासँगको खेलको चिन्ता छैन’

‘एथ्लेटिकोलाई बार्सिलोनासँगको खेलको चिन्ता छैन’

विराटनगर, २३ कात्तिक । हाल ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले अबको दुई सातापछि बार्सिलोनाको सामना गर्दैछ । ला लिगाअन्तर्गत २१ नोभेम्बरमा एथ्लेटिकोले बार्सिलोनालाई आफ्नो मैदानमा आतिथ्यता प्रदान गर्दैछ ।

यसै समरमा बार्सिलोनाबाट स्ट्राइकर लुइस स्वारेज अनुबन्ध गरेपछि थप बलियो बनेको एथ्लेटिको हाल अंक तालिकामा शीर्ष स्थानमा छ । अपराजित रहेको एथ्लेटिकोले ७ खेलबाट १७ अंक बटुलेको छ । बार्सिलोना भने हाल ११ अंकका साथ आठौं स्थानमा छ ।

गए राति मात्र कार्डिजमाथि ४–० गोलको शानदार जित निकाल्दै एथ्लेटिकोले शीर्ष स्थान कब्जा गरेको हो । एथ्लेटिकोको मैदानमा घरेलु टोलीको जितमा जाओ फेलिक्सले दुई गोल गर्दा मार्कोस लोरेन्टे र लुइस स्वारेजले समान १–१ गोल गरेका थिए ।

अब, अर्को खेलमा बार्सिलोना र एथ्लेटिको आमने–सामने हुँदैछन् । यस्तैमा एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले आफूहरू सो खेलका लागि चिन्तित नभएको जनाएका छन् ।

‘उनीहरूले हामीलाई चिनेका छन्, यसैले पनि बार्सिलोनासँगको खेलको चिन्ता हामीमा छैन । अब १५ दिनपछि उनीहरूसँग भेट हुनेछ, खेलाडीले राष्ट्रिय ड्युटी पूरा गरेर टोलीमा फर्किन्छन् । सो समयसम्म कुर्नुपर्नेछ । अब हामी हेर्नेछौं खेलाडीहरू कस्तो अवस्थामा राष्ट्रिय ड्युटीबाट फर्किन्छन्,’ उनले भने ।

प्रतिक्रिया

  1. एथ्लेटिको यति धेरै ढुक्क पनि नहुनु बार्सेलोना कुनै कमजोर क्लब होइन त्यहाँ फूटबल को किङ पनि छन!

Comments are closed.