Rumpum Advertisement
Dazzu

आयुर्वेदिक काढा गलत र अधिक सेवन गरे हानिकारक

आयुर्वेदिक काढा गलत र अधिक सेवन गरे हानिकारक

विराटनगर, २३ कात्तिक । महामारीका कारण मानिसले मजबुत प्रतिरक्षा प्रणालीको महत्व बुझेका छन् ।

कोरोना भाइरसको संक्रमण हुनुभन्दा पहिले स्वास्थ्यलाई बढावा दिन धेरै प्रयास गरिँदैन थियो । तर, कोभिडको संक्रमण बढेसँगै मानिसले आफ्नो प्रतिरक्षा वृद्धि गर्न र संक्रमणको जोखिम कम गर्न विभिन्न प्रकारका काढा र घरेलु उपचार प्रयोग गर्न थालेका छन् । प्राकृतिक उत्पादनबाट बनाइएका कारण धेरै व्यक्तिले दिनमा ३ देखि ५ पटकसम्म काढा पिउन सुरू गरेका छन् ।

तर, स्वस्थ मानिने पदार्थ पनि गलत र अधिक सेवन गरे हानिकारक हुन सक्छ । अत्यधिक उमालेर वा लगातार सेवनले शरीरलाई फाइदा गर्नुभन्दा बढी हानी गर्न सक्छ । यसले पिसाबको संक्रमण, छालामा समस्या, एसिडिटी, शरीर तातो र सुख्खा हुने तथा मुखको छालामा घाउ निम्त्याउन सक्छ ।

आफ्नो स्वास्थ्यलाई हानी नगरी आयुर्वेदिक पेयपदार्थको फाइदा लिन सही तरिकाले सेवन गर्नु पर्छ । रोग प्रतिरोध क्षमता बढाउन काढाको सेवन गर्दा यी कुरामा ध्यान दिनु पर्छ ।

धेरै उमाल्नु हुदैन : धेरै उमाल्नुको मतलब फाइदा बढ्छ भन्ने हुँदैन । आयुर्वेदिक पेय धेरै उमालेमा तीतो हुन्छ र यसले एसिडिटी र छाती पोल्ने समस्या उत्पन्न गर्छ ।

एक दिनमा केवल आधा कप :आयुर्वेदिक पेयले फाइदा गर्छ भन्दैमा एकै दिनमा धेरै पटक पिउनु हुँदैन । एक दिनमा आधा कपभन्दा बढी काढाको सेवन गर्नु हुँदैन ।

केही चिसो मसला प्रयोग गर्नुपर्छ : काढामा केही चिसो प्रवृत्तिको मसला थप्न अति महत्वपूर्ण हुन्छ । यसले पेटको समस्या हुन दिँदैन । पेयमा अलैंची वा गुलाबका पत्ता थप्न सकिन्छ ।

चिसो खाना : काढाले शरीरमा तातो उत्पादन गर्छ, जसले छाला सुक्खा गरी पिम्पल्स निम्त्याउँछ । यसलाई रोकथाम गर्न, चिसो प्रवृत्तिको फलफूल वा तरकारीको सेवन गर्नुपर्छ ।

हाइड्रेटेड रहनुपर्छ : खानामा पुदिना तथा नरिवल पानी समावेश गर्नुहोस् । यसले पेटलाई चिसो राख्न मद्दत गर्छ । साथै, प्रशस्त मात्रामा पानी पिउनु पर्छ ।

नियमित काढाको सेवन गर्नु हुँदैन : दैनिक वा लामो समयसम्म काढाको सेवन गर्नु हुँदैन । तीन हप्ताको नियमित उपभोगपछि, दुई हप्ताको ब्रेक लिएर र फेरि सुरु गर्नु सकिन्छ ।