Rumpum Advertisement
Dazzu

संक्रमितका लागि एक साताको खाना खर्च उद्योगी राउतले दिने

संक्रमितका लागि एक साताको खाना खर्च उद्योगी राउतले दिने

विराटनगर, २३ कात्तिक । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एवानले सञ्चालन गरेको आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि उद्योगी राजेन्द्र राउतले एक साताको खानाको व्यवस्था गरेका छन् ।

विराटनगर–१२ स्थित विराट सामुदायिक भवन कोभिड आइसोलेनमा बसेका कोरोना संक्रमितका लागि एक सातासम्म खानाको व्यवस्थापन उद्योगी राउतले गरेका हुन् ।

भवनमा ३० बेडको आइसोलेसनमा छ । उद्योगी राउतले आईसोलेसनमा बसेकाहरुका लाागि एक सातासम्म खानाको व्यवस्था गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक एवानका पूर्व गर्भनर लिला ढुङ्गेलले जानकारी दिए ।

आइसोलेसनमा एकजना बिरामीका लागि दैनिक चार सय रुपैयाँको खाना प्रयोग हुन्छ ।