Rumpum Advertisement
Dazzu

‘पठान’ मा जोनको २० र दीपिकाको १५ करोड पारिश्रमिक

‘पठान’ मा जोनको २० र दीपिकाको १५ करोड पारिश्रमिक

विराटनगर, २३ कात्तिक । अभिनेता शाहरुख खान फिल्म ‘जिरो’को असफलता कारण लामो समयपछि पर्दामा फर्किँदैछन् ।

सिद्धार्थ आनन्दले निर्देशन गर्ने फिल्म ‘पठान’मा शाहरुख मुख्य भूमिका देखिने भएका छन् । साथमा अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहम पनि देखिने भएका छन् । यस फिल्ममा नेगेटिभ रोलमा देखिने जोन अब्राहम र नायिकाको भूमिकामा रहेकी दीपिकाको पारिश्रमिकको बारेमा एक खुलासा भएको छ ।

भारतीय मिडियाका अनुसार फिल्मका लागि जोनले २० करोड र दीपिकाले १५ करोड पारिश्रमिक लिएका छन् । यी तिनका साथै, फिल्ममा सलमान खान पनि केमियो भूमिकामा देखिने भएका छन् । यशराज फिल्मस्को ब्यानरबाट निर्माण हुने फिल्मको प्रि–प्रोडक्सनको काममा भइरहेको छ । सन् २०२१ को जनवरीबाट फिल्मको छायांकन सुरु हुनेछ ।