Rumpum Advertisement

रियल मड्रिडलाई भ्यालेन्सियाको चुनौती

रियल मड्रिडलाई भ्यालेन्सियाको चुनौती

विराटनगर, २३ कात्तिक । स्पेनिस ला लिगामा आज साविक विजेता रियल मड्रिडले आफ्नो आठौं खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे रियलले भ्यालेन्सियासँग खेल्न लागेको हो ।

भ्यालेन्सियाको मैदानमा रियल छैटौं जितको खोजीमा हुनेछ । ७ खेलबाट १६ अंक जोडेको ऊ अंक तालिकाको तेस्रो स्थानमा छ । भ्यालेन्सिया भने ८ अंकका साथ १५औं स्थानमा छ । भ्यालेन्सियाले रियलभन्दा एक खेल बढी खेलेको छ ।

आजको खेलमा रियलका इडेन हाजार्ड र क्यासेमिरो हुनेछैनन् । कोरोना संक्रमणका कारण यी दुवै होम आइसोलेशनमा छन् ।