Rumpum Advertisement
Dazzu

अन्सु फाती पाँच महिना मैदानबाहिर रहने सम्भावना !

अन्सु फाती पाँच महिना मैदानबाहिर रहने सम्भावना !

विराटनगर, २३ कात्तिक । बार्सिलोनाका युवा स्टार अन्सु फाती तीनदेखि पाँच महिना मैदानबाहिर रहनसक्ने सम्भावना देखिएको छ । शनिबार राति रियल बेटिससँगको खेलका क्रममा घाइते भएका उनी पाँच महिनासम्म मैदानबाहिर रहनसक्ने देखिएको हो ।

ला लिगाअन्तर्गत गए राति बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो । बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा ओस्मान डेम्बेले, एन्टोइन ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे ।

सो खेलको ३१औं मिनेटमा फातीमाथि खराब ट्याकल भएकाे थियो । जसकारण बार्सिलोनाले पेनाल्टीकाे माैका पाएकाे थियो । सो पेनाल्टी ग्रिजम्यानले प्रहार गरेता पनि उनी असफल भएका थिए ।

त्यसपछि पहिलो हाफसम्म खेलका उनले ४६औं मिनेटमा मैदानबाट बिदा लिएका थिए । उनको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले दुई गोलको गरेका थिए । १८ वर्षीय फातीले घुँडामा चोट बोकेको बार्सिलोनाले जनाएको छ ।

घाइते भइ मैदानबाट बिदा लिएका फातीको परीक्षण गर्दा उनले तीनदेखि पाँच महिनासम्म मैदानबाहिर रहनसक्ने अवस्था रहेको बार्सिलोनका चिकित्सक डा. रिपोलले जनाएका छन् ।

‘शनिबार बेलुका घाइते भएका फातीको चोटले हामी सबैलाई आश्चर्यमा पारेको छ । उनी कम्तिमा तीनदेखि पाँच महिना मैदानबाहिर रहनसक्ने देखिएको छ’, डा. रिपोलले भने ।