Rumpum Advertisement
Dazzu

लिभरपुल र सिटी भिड्दै, आर्सनल पनि प्रतिस्पर्धामा

लिभरपुल र सिटी भिड्दै, आर्सनल पनि प्रतिस्पर्धामा

विराटनगर, २३ कात्तिक । इंग्लिस प्रिमियर लिगमा आज डिफेन्डिङ च्याम्पियन लिभरपुलले म्यानचेस्टर सिटीको सामना गर्दैछ । नेपाली समयानुसार राति १०ः१५ बजेबाट सुरु हुने उक्त खेल सिटीको मैदानमा हुँदैछ ।

इतिहाड स्टेडियममा लिभरपुल शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ भने सिटी अंक तालिकामा माथि उक्लने योजनामा छ । लिभरपुल १६ अंकका साथ दोस्रो स्थानमा छ । उसले ७ खेल खेलेको छ ।

सिटीले ६ खेलबाट ११ अंक जोडेको छ । साविकको उपविजेतासमेत रहेको सिटी १२औं स्थानमा छ ।

आजको खेलमा सिटीका सर्जियो अगुएरो, बेन्जामिन मेन्डी र फेर्नाडिन्हो हुनेछैनन् । लिभरपुलका थियागो अलाकान्टराले टोलीमा हुनेछैनन् ।

सिटी र लिभरपुलबाहेक आज टोटनह्याम हटस्पर, आर्सनल र लेइस्टर सिटी पनि प्रतिस्पर्धामा छन् ।

टोटनह्यामले साँझ ५ः४५ बजे वेस्ट ब्रोमसँग उसैको मैदानमा खेल्ने छ । टोटनह्याम पाँचौं तथा ब्रोम १८औं स्थानमा छ ।

आर्सनलले राति १ बजे एस्टोन भिल्लासँग खेल्दैछ । यो खेल आर्सनलको मैदानमा हुनेछ । आर्सनल आर्सनल दसौं तथा एस्टोन भिल्ला नवौं स्थानमा छ । लेइस्टरले बेलुकी ७ः४५ बजे वुल्भससँग खेल्दैछ ।