Rumpum Advertisement
Dazzu

सिरी ‘ए’ : अपराजित यात्रा कायमै राख्ने दाउमा युभेन्टस

सिरी ‘ए’ : अपराजित यात्रा कायमै राख्ने दाउमा युभेन्टस

विराटनगर, २३ कात्तिक । इटालियन सिरी ‘ए’मा आज साविकको विजेता युभेन्टस र लाजियोले खेल्दैछन् । नेपाली समयानुसार साँझ ५ः१५ बजेबाट सुरु हुने यो खेल लाजियोको मैदानमा हुनेछ ।

स्टेडियो ओलम्पिकोमा युभेन्टस आफ्नो अपराजित यात्रा कायमै राख्ने राख्ने दाउमा हुनेछ । यसैगरी ऊ शीर्ष दुईमा उक्लिने योजनामा छ ।

युभेन्टस हाल १२ अंकका साथ तेस्रो स्थानमा छ । ६ खेल खेलेको उसले ३ खेलमा जित ३ खेलमा बराबरी नतिजा निकालेको छ । लाजियो भने १० अंकका साथ नवौं स्थानमा छ ।

सिरी ‘ए’मा आज युभेन्टस लाजियोबाहेक इन्टर मिलान, रोमा, नापोली र एसी मिलान पनि प्रतिस्पर्धामा छन् । इन्टरले अटलान्टासँग उसैको मैदानमा बेलुका ७ः४५ बजे खेल्दैछ । सोही समय रोमाले जेनोआसँग खेल्दैछ ।

नापोलीले राति १०ः४५ बजे बोलोग्नासँग खेल्दैछ भने मिलानले राति १ः३० बजे भेरोनासँग प्रतिस्पर्धा गर्दैछ ।