Rumpum Advertisement
Dazzu

महासंघको बन्दमा व्यावसायीले चलाए सार्वजनिक बस

महासंघको बन्दमा व्यावसायीले चलाए सार्वजनिक बस

विराटनगर, २३ कात्तिक । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दमा यातायात व्यावसायीले बस चलाएका छन् ।

प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालिन बन्दको घोषणा गरेको थियो । तर व्यावसायीले महासंघको निर्णय मानेनन् । आइतबार निर्वाध रुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।

बन्द गर्न आवश्यक नभएकाले यातायात सञ्चालन गरेको नेपाल यातायात व्यावसायी महासंघ मोरङका अध्यक्ष राजन कडेलले जानकारी दिए । उनले बन्दका बारेमा आफूहरुलाई जानकारी नभएको बताए । ‘महिनौंको बन्द पछि बल्ल सवारी चल्न थालेका छन् ।’उनले भने ‘अहिले बन्द गर्न आवश्यक छैन् । केही व्यक्तीलाई लागेकै भरमा जनतालाई दुःख दिन मिल्दैन् ।’

प्रदेश सरकारले राहत नदिएको विरोधमा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश १ ले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेको थियो । तर महासंघले गरेको बन्द सिन्डिकेटको पक्षमा रहेकाहरुले उल्लङघन गरेको महासंघ प्रदेश १ महासचिव रमेश खत्रीले जानकारी दिए । यद्दपि बन्दमा छिटफुट रुपमा मात्रै सवारी चलेको उनको दाबि छ ।

लकडाउन अवधीको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत नौं बुदे माग सम्बोधन नभएपछि यातायत बन्द गर्न लागिएको उनले बताए ।

याे पनि : आइतबारबाट प्रदेश १ मा सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द