Rumpum Advertisement

यी ६ चिजलाई बिहानको खाजामा सेवन गर्नु हुँदैन

यी ६ चिजलाई बिहानको खाजामा सेवन गर्नु हुँदैन

विराटनगर, २३ कात्तिक । बिहानको खाजा दिनको सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

बिहान सबेरै खाइएको खाजाले शारीरिक र मानसिकरूपमा असर पार्छ । बिहान उठेपछि मुडलाई राम्रो बनाउन र उर्जाका लागि सही खाजाको छनोट गर्नुपर्छ । गलत खाजाको सेवनले पाचन समस्या निम्त्याई जोखिममा राख्न सक्छ । तल दिइएका ६ चिजलाई बिहान सेवन गर्नु हुँदैन ।

सलाद : खानामा सलाद समावेश गर्न राम्रो हुन्छ, तर बिहान सबेरै यसको सेवनले ग्याँस्ट्रिक, पेट फुल्ने तथा दुख्ने हुन सक्छ । काँचो तरकारी फाइबरले भरिएका हुन्छन्, जुन बिहान पचाउन गाह्रो हुन सक्छ ।

साइट्रिक फल : सुन्तला र टमाटर जस्ता भिटामिन सीमा समृद्ध साइट्रिक फलले छालालाई राम्रो गर्नुका साथै रोगप्रतिरोध क्षमता बढावा दिन्छ । तर, अमिलो फलले पेटमा एसिडको उत्पादन बढाउँछ । बिहान यी फलको सेवनले छाती पोल्ने तथा ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

कफी : दिनको सुरुवात कफीको साथ गर्नु सामान्य कुरा जस्तो लाग्न सक्छ, तर केही मानिसका लागि यो हानिकारक हुन सक्छ । खाली पेट कफीको सेवन गर्दा पेटमा एसिडिक जुसको उत्पादन बढ्न सक्छ, जसले ग्यास्ट्रिकको समस्या निम्त्याउने गर्छ ।

जुस : अधिकांशले आफ्नो दिनको सुरुवात एक गिलास जुसको सेवन गरेर गर्छन् । तर, प्याकेटको जुस प्रायः चिनीले भरिएको हुन्छ । बिहानको समयमा अत्यधिक चिनीको सेवन पन्क्रियासका लागि राम्रो नहुन सक्छ ।

केरा : केरालाई पनि बिहान सेवन गर्नु हुँदैन । केरा हुने उच्च मात्रामा म्याग्निसियम र पोटेसियमका कारण खाली पेटमा केराको सेवनले रगतमा यी दुई खनिजको असन्तुलन निम्त्याउँछ ।

दही : सही समयमा दहीको सेवनले पाचनलाई प्रोत्साहित गर्ने काम गर्छ । बिहानको समयमा दहीको सेबन गरेमा उच्च अम्लीय सामग्रीका कारण दहीमा पाइने ल्याक्टिक एसिड ब्याक्टेरियाले राम्रो तरिकाले काम गर्न सक्दैन । दिउँसोको समयमा दहीको सेवन गर्नु राम्रो हुन्छ ।