Rumpum Advertisement
Dazzu

युरोपमा कोभिड १९ को दाश्रो लहर : संक्रमण नियन्त्रण गर्न पुनः लकडाउन

युरोपमा कोभिड १९ को दाश्रो लहर : संक्रमण नियन्त्रण गर्न पुनः लकडाउन

विराटनगर, २३ कात्तिक । युरोपेली मुलुकहरुमा कोरोना भाइरसको दोश्रो लहर सुरु भएपछि विभिन्न देशले उच्च सतर्कता अपाएका छन् । संक्रमण दर उच्च रहेका फ्रान्स इटालीलगायतका मुलुकले सतर्कता अपनाएका हुन् ।

बेलायतमा पनि संक्रमण बढेपछि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणको सुरुवाती अवस्थामा बेलायत, फ्रान्स, स्पेन इटाली बढी प्रभावित भएको थियो । केही समय संक्रमण कम देखिएका ती देशमा संक्रमणको दोस्रो लहर सुरु भएको छ ।

इटालीमा राती १० देखि बिहान ५ बजेसम्म देशव्यापी कफ्र्यु लगाइएको छ । केही निश्चित क्षेत्रमा कडा प्रतिबन्धहरु रहनुका साथै रेष्टुरेन्टहरु बेलुका ६ बजेसम्म बन्द गरिसक्नु पर्नेछ । लोम्बार्डी, पाइडमन्ट, भेले डी अओस्टा र क्यालाब्रिया जस्ता ‘रेड जोन’ मा बसोबास गर्ने मानिसहरुले स्वास्थ्य वा अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कन पाउने छन् ।

‘ओरेन्ज जोन’ मा बसोबास गर्ने मानिसहरुले स्वास्थ्य वा अत्यावश्यक कामबाहेक शहर छोड्न प्रतिबन्ध लगाइएको छ । त्यसैगरी होम डेलिभरी र टेकआउट व्यवस्था भएको रेष्टुरेन्टबाहेक अन्य सबै कुरा, बारहरु बन्द हुनेछन् ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ३९ हजार आठ सय ११ जना कोरोना संक्रमित थपिएका थिए । तथ्यांकअनुसार नयाँ संक्रमण थपिएसँगै कुल संक्रमितको संख्या नौ लाख दुई हजार चार सय ९० पुगेको छ । ४१ हजार ६३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको संक्रमण रोकथाम विभागका निर्देशक जियानी रेजाले भने, ‘यी तथ्यांकहरु राम्रा संकेत होइनन्, भाइरस अझै सक्रिय छ र यसलाई हामीले रोक्नैपर्छ ।’

फ्रान्सको राजधानी पेरिसले पनि कडा नियमहरुको घोषण गरेको छ । फ्रान्स स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार कोरोना संक्रमित थपिएका थिए । केही दिनयता फ्रान्समा प्रत्येक दिन ५० हजारभन्दा बढी संक्रमणहरु भेटिरहेका छन् । फ्रान्समा १७ लाख ४८ हजार कोरोना संक्रमित छन् ।

फ्रान्सको राजधानी पेरिसमा पनि राति १० देखि बिहान ६ बजेसम्म होम डेलिभरी, टेकआउट सेवा र मदिरा बिक्री वितरणमा प्रतिबन्द लगाइएको छ । ‘कोभिड १९ को दोश्रो लहरको प्रभाव हामीमा पहिलेदेखि नै छ र यो क्रुर छ’ फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभियर वरनले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘यही रफ्तारमा संक्रमण फैलिरह्यो भने यो दोश्रो लहर पहिलोभन्दा भयावह हुनेछ र यो मध्य डिसेम्बरसम्म जान सक्छ ।’ वरनले राष्ट्रव्यापी लकडाउनलाई पालना गर्न वा सक्रमण वृद्धिवाट अस्पतालमा हुने प्रतिकुल परिस्थितिको समना गर्न अनुरोध गरे ।

अन्य कुन युरोपेली मुलुकहरुले लकडाउन गर्दैछन् ?

ग्रीसमा पनि विगत पाँच दिनमा १० हजारको संख्यामा नयाँ संक्रमण भेटिएपश्चात शनिबारबाट तीन हप्ताको लागि राष्ट्रव्यापी लकडाउन गर्ने प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले घोषणा गरे । मानिसहरु घरबाहिर निस्कनु परे अधिकारीहरुलाई जानकारी गराउनु पर्नेछ र उच्च विद्यालयहरु बन्द रहनेछन् ।

डेनमार्कमा कोरोना भाइरसको परिवर्तित स्वरुप साना स्तनधारी जनावरको सम्पर्क आएको तथ्य त्यहाँका वैज्ञानिकले पत्ता लगाएपछि सातवटा नगरपालिकामा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

डेनमार्क सरकारअनुसार ती कोरोना भाइरसको सम्पर्कमा आएको जनावरबाट मानिसमा प्रसार भएको बताएका छन् । डेनमार्कका प्रतिबन्धित ती सात स्थामा खेलकुद स्थल, सांस्किृतिक केन्द्र, सार्वजनिक यातायात, क्याफे र मदिरा पसलहरु शनिवारबट पूर्ण बन्द रहनेछन् र शहरभन्दा बाहिर यात्रा गर्न पाइने छैन ।

अष्ट्रेलिया र पोल्यान्डको रिपोर्टअनुसार संक्रमितको संख्या बढ्दो छ । यस हप्ताबाट दोश्रो राष्ट्रव्यापी लकडाउन गरिने भएको छ, जसमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु लाग्नुका साथै बिदामा गरिने मनोरञ्जनलाई प्रतिबन्ध लगाइएको छ ।

नर्वे, जसमा युरोपको सबैभन्दा कम संक्रमण दर थियो । नर्वेको सार्वजनिक स्वास्थ्य संस्थानका अनुसार हाल संक्रमणको दर दिनानुदिन बढ्दो छ । शनिबारबाट मध्यरातमा बार र रेष्टुरेन्टहरु बन्द हुने घोषण गरिएपछि सबैलाई घरमा रहनका लागि आग्रह गरिएको छ ।