Rumpum Advertisement
Dazzu

भारतको दक्षिणी राज्यमा १४ सय शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

भारतको दक्षिणी राज्यमा १४ सय शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

विराटनगर, २३ कात्तिक । आन्ध्र प्रदेको दक्षिणी राज्यका १३ वटा जिल्लाहरुमा आठ सय २९ जना शिक्षक र पाँच सय ७५ जना विद्यार्थीहरुमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना भाइरस महामारीको कारण ८ महिनादेखि बन्द रहेका विद्यालयहरु सोमबारबाट ९ र १० कक्षामा अध्यरत विद्यार्थीका लागि खोलिएको थियो ।

आन्ध्र प्रदेशको राज्य सरकारका अनुसार नोभेम्बर २ मा विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वसर्तकता अपनाउँदै ७० हजार सात सय ९० शिक्षकहरुको कोरोना जाँच गरिएको थियो । बिहीबार आएको परीक्षणको रिर्पोटमा ८२९ जना शिक्षकहरुमा कोरोना पोजेटिभ देखियो । तर कोरोना परीक्षणको रिर्पोट सोमबार विद्यालय खुलिसकेपछि मात्र प्राप्त गरे ।

विद्यार्थीहरुको परीक्षण विद्यालय सुचारु भएपछि मात्र गरिएको थियो । सोमबार र बिहीबारको बीचमा ९५ हजार सात सय ६३ जना विद्यार्थीहरुको कोरोना परीक्षण गर्दा पाँच सय ७५ जनामा कोरोना पोजेटिभ देखियो । तर रिर्पोट पोजेटिभ आएता पनि विद्यालय भने सञ्चालनमा छन् । कक्षा ९ र १० का विद्यार्थीहरु अभिभावकको लिखित सहमतिमा विद्यालय आइरहको राज्यको शिक्षा आयुक्त वीचिन्ना विराभद्रुदुले बताए । उनीहरुमध्ये नेगेटिभ रिर्पोट आएकालाई मात्र विद्यालयमा प्रवेश दिइने र पोजेटिभ आएकालाई आइसोेलेट गरिनेछ । सबै सुरक्षाका मापदण्डहरु पालना हुनेछ भनिएको छ ।

उत्तराखण्डको दक्षिण राज्यमा, कक्षा १० देखि १२ सम्मका विद्यार्थीका लागि सोमबारबाट विद्यालय सुचारु गरेपश्चात ८० जना शिक्षहरुमा कोरोना पोजेटिभ भेटियो । ‘विद्यालय खोल्न सात दिनअघि हामी सबैले शिक्षहरुको परीक्षण गर्‍यौं, यसरी नै हामी सबै विद्यालयका कर्मचारीको नियमित परीक्षाका लागि समेत प्रोटोकल तयार गर्दैछौं,’ पौरी जिल्लाका शिक्षा प्रमुखले जानकारीको क्रममा बताए ।

जिल्लामा पाँच दिनका लागि २० वटा विद्यालयहरु बन्द गरिएका छन् र कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा भइरहको रावतले बताए । शुक्रबारसम्म आन्ध्र प्रदेशमा मात्र आठ लाख ३५ हजार नौ सय ३५ संक्रमित भइसकेका छन् । हालसम्म भारतमा ८४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने एक लाख २५ हजारको हाराहारीमा ज्यान गुमाइसकेका छन् ।

स्रोत : सीएनएन