Rumpum Advertisement

लागूऔषधसहित बालक पक्राउ

लागूऔषधसहित बालक पक्राउ

विराटनगर, २३ कात्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का १४ वर्षीय डम्बरबहादुर कुमरलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

हाल मोरङको विराटचोक बस्ने कुमरलाई चेकजाचको क्रममा शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट प्रहरीले एभिल–७, लुपिजेसिक–६, फेनारगन–६, डाइजेपाम–६ गरी जम्मा २६ एम्पुल लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बालकलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।