Rumpum Advertisement
Dazzu

मोरङ प्रहरीद्वारा २० हजारको पटका पक्राउ

मोरङ प्रहरीद्वारा २० हजारको पटका पक्राउ

विराटनगर, २३ कात्तिक । मोरङ प्रहरीले भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको २० हजार मूल्य बराबरको पटका बरामद गरेको छ ।

प्रहरीले सुनबर्षी नगरपालिका–८ बाट उक्त पटका नियन्त्रणमा लिएको हो । प्रहरीले किङ पटका ७ बण्डल ३ सय ५० प्याकेट र टर्की पटका ३ बण्डल १ सय ५० प्याकेट नियन्त्रणमा लिएको हो ।

क्टी प्रहरी चौकीबाट गस्तीमा गएको प्रहरी टोलीले पटका बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।