Rumpum Advertisement
Dazzu

फोक्सोलाई स्वस्थ राख्नका लागि यी पाँच उपाय

फोक्सोलाई स्वस्थ राख्नका लागि यी पाँच उपाय

विराटनगर, २३ कात्तिक । चाडपर्वबीच जाडो महिना सुरु भएसँगै वायु प्रदूषणको स्तर पनि बढ्दो छ ।

प्रदूषण र कोरोना भाइरस दुवैले फोक्सोलाई बिगार्न सक्छ । नियमित डिटक्सिफिकेसन र फोक्सोलाई सफा राख्दा वातावरणीय विष तथा अन्य हानिकारक जीवबाट मुक्त हुन मद्दत गर्छ । फोक्सोलाई नियमित सफा गर्दा वायुमार्गबाट खकार हटाउन र फोक्सोको सर्कुलेसन सुधार गर्न मद्दत गर्छ ।

यसले फोक्सोको कार्य सुधार गर्न मद्दत गर्दछ, सुन्निने समस्या कम गर्न र फोक्सोको क्षमतालाई बलियो पार्नुका साथै क्रोनिक ब्रोन्काइटिस, दम, घाँटी संक्रमण र स्वासप्रस्वासको समस्या हुन दिँदैन । फोक्सोलाई स्वस्थ राख्नको लागि यी पाँच उचित उपाय अपनाउन सकिन्छ ।

अदुवा : रुघा र खोकी निको पार्नका लागि सबैभन्दा धेरै प्रयोग हुने घरेलु उपचारमध्ये एक, अदुवा चिया हो । अदुवाले श्वासप्रश्वासको मार्गबाट विष हटाउन मद्दत गर्छ । पोटासियम, म्याग्नेसियम, जिंक र बीटा क्यारोटिनका साथै भिटामिन र खनिज पनि छन् । केही अध्ययनका अनुसार अदुवाले फोक्सोमा हुन सक्ने क्यान्सरको कोषलाई मार्छ । फोक्सो र प्रतिरोध क्षमतालाई बढाउनका लागि प्रत्येक दिन अदुवाको चिया पिउन सकिन्छ । अदुवालाई चियामा साथै साधारण पानीमा वा मह राखेर अदुवाको जुस मात्र पिउन सकिन्छ ।

दालचिनी : यसले पनि फोक्सो सफा गर्न ठूलो सहयोग गर्छ । दालचिनी पाचन र श्वासप्रश्वासको समस्याको उपचार गर्न प्रयोग हुँदै आएको छ । एक गिलास पानीमा दालचिनीको सानो टुक्रा राखेर आधा नभएसम्म उमालेर पिउनु पर्छ । साथै, नियमित चियामा पनि दालचिनी थप्न सकिन्छ ।

वाफ लिने : स्टिम थेरापी अर्थात् बाफ लिनु फोक्सो सफा गर्ने सबभन्दा राम्रो र सजिलो तरिका हो । बाफ लिँदा वायु मार्ग खुल्छ र फोक्सोलाई खकार निकास गर्न मद्दत गर्छ । जाडो आउनेबित्तिकै वायु मार्ग सफा गर्न हरेक दिन स्टिम लिनु राम्रो मानिन्छ । बाफले छोटो अवधिमा सास फेर्न मद्दत गर्छ ।

बेसार पानीले कुल्ला गर्नु : सुत्नुभन्दा अगाडि बेसार पानीले कुल्ला गर्दा फोक्सोलाई सफा गर्ने अर्को सजिलो तरिका हो । तातोपानीमा एक चुटकी बेसार हालेर कुल्ला गर्नुपर्छ । बेसारमा कर्क्युमिन भनिने सक्रिय यौगिकले खकारलाई हटाउन मद्दत गर्छ । यसले छातीको समस्याबाट राहत पाउनका साथै ब्याक्टेरियालाई मारेर चिसो र खोकीको उपचार गर्छ ।

श्वासप्रश्वासको व्यायाम : श्वासप्रश्वासको व्यायाम गर्नाले वायु मार्गमा खकार हटाउन मद्दत गर्दछ, छाती भारी हुने समस्याबाट छुटकारा पाउनुका साथै, छाती फुल्ने कम गरी फोक्सोको कार्य सुधार गर्छ ।

प्रतिक्रिया

  1. पानीको वाफ लिदा वाफ मार्फत नाकभएर पानी फाेक्सोमा गएर झन पानीको मात्रा बढि भएसि झन खाेकि लाग्ने,छाती भारी हुने अर्को समस्या हुँदैन र?

Comments are closed.