Rumpum Advertisement
Dazzu

‘कति मीठो’मा रुकमान र वर्षाको अनस्क्रिन रोमान्स (भिडियोसहित)

‘कति मीठो’मा रुकमान र वर्षाको अनस्क्रिन रोमान्स (भिडियोसहित)

विराटनगर, २३ कात्तिक । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

पूर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।

भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् ।

युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ ।

डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले संगीत गरेका हुन् । निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन ।