Rumpum Advertisement
Dazzu

जेसिजका पूर्व उपाध्यक्षको कोरोनाका कारण मृत्यु

जेसिजका पूर्व उपाध्यक्षको कोरोनाका कारण मृत्यु

विराटनगर, २३ कात्तिक । नेपाल जेसिजका पूर्व उपाध्यक्ष एवं पूर्व गाविस सचिव कुमुदचन्द्र झाको कोरोना संक्रमणका कारण आइतबार बिहान ज्यान गएको छ ।

भद्रपुर–५ का ६३ वर्षीय झा भद्रपुर जेसिजका पूर्व अध्यक्ष पनि हुन् । कोरोना संक्रमित उनको आइतबार बिहान ४ः१५ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक २१ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

झा भद्रपुर जेसिजका सन् १९९६ का अध्यक्ष एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए। उनले लामो समय गाविस सचिव भएर काम गरेका थिए।