Rumpum Advertisement
Dazzu

स्कोरपिओको ठक्करबाट मृत्यु

स्कोरपिओको ठक्करबाट मृत्यु

विराटनगर, २३ कात्तिक । झापामा स्कोरपिओको ठक्करबाट शनिबार राति एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका–२ चारपानेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ४७६७ नम्बरको स्कोरपिओको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा साइकलयात्री झापाको अर्जुनधारा नगरपालिका– ५ का २७ वर्षीय मनोज कार्कीको ज्यान गएको हो ।

दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा राति ९ः१५ बजेतिर बिर्ता सिटी अस्पतालमा मृत्यु भएको हो । स्कोरपिओ र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।