Rumpum Advertisement

प्रिमियर लिग : चेल्सीको सहज जित

प्रिमियर लिग : चेल्सीको सहज जित

विराटनगर, २३ कात्तिक । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडमाथि ४–१ गोलको जित निकालेको हो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा घरेलु टोलीलाई जिताउन ट्यामी अब्राहम, बेन चिलवेल, थियागो शिल्बा र टिमो वेर्नरले समान एक–एक गोल गरे । शेफिल्डका डेभिड एमसीगोल्ड्रिकले एक गोल गरे ।

खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । एमसीगोल्ड्रिकले खेलको नवौं मिनेटमा गोल गर्दै शेफिल्डलाई अग्रता दिलाए ।

२३औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काए । चिलविलले ३४औं मिनेटमा गोल गरेपछि चेल्सीले पहिलो हाफभरि २–१ गोलको अग्रता बनायो ।

७७औं मिनेटमा सिल्भाले र ८०औं मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई ४–१ गोलको जित दिलाए ।

जितसँगै ८ खेलबाट १५ अंक बनाउँदै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । पराजित शेफिल्ड भने १ अंकका साथ पुछारमा छ ।