Rumpum Advertisement
Dazzu

डी मारिया नायक बन्दा पीएसजीको सहज जित

डी मारिया नायक बन्दा पीएसजीको सहज जित

विराटनगर, २३ कात्तिक । फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा पीएसजीले रेन्नेसमाथि ३–० गोलको सहज जित निकालेको हो ।

पीएसजीको मैदानमा घरेलु टोलीलाई जिताउन एन्जल डी मारियाले दुई गोल गर्दा मोइसे किनले एक गोल गरे । खेलको ११औं मिनेटमा डी मारियाको पासमा किनले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

खेलको २१औं मिनेटमा एन्डर हेरेर्राको पासमा डी मारियाले गोल गर्दै पहिलो हाफभरि पीएसजीलाई २–० गोलको अग्रता बनाए ।

खेलको ७३औं मिनेटमा डी मारियाले दोस्रो गोल गर्दै पीएसजीलाई जिताए ।

जितसँगै पीएसजीले १० खेलबाट २४ अंक बनाएको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । रेन्नेस भने १८ अंकका साथ तेस्रो स्थानमा छ ।