Rumpum Advertisement

डर्टमुण्डलाई बायर्नले उसैको मैदानमा हरायो

डर्टमुण्डलाई बायर्नले उसैको मैदानमा हरायो

विराटनगर, २३ कात्तिक । जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले बोरुसिया डर्टमुण्डलाई हराएको छ । शनिबार राति बायर्नले डर्डमुण्डलाई उसैको मैदानमा ३–२ गोलले हराएको हो ।

वेल्स फलेन स्टेडियमा घरेलु टोली डर्टमुण्डले सुरुआती अग्रता बनाएको थियो । खेलको ४५औं मिनेटमा मार्को रेउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर, पहिलो हाफको इन्ज्युरी समयमा डेभिड अलाबाले गोल गर्दै बायर्नलाई खेलमा फर्काए ।

४८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले अग्रता बनायो । ८०औं मिनेटमा लेरियो सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

खेलको ८३औं मिनेटमा इयर्लिङ ब्राउल्ट हालाण्डले गोल गर्दै डर्टमुण्डलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा बायर्नले ३–२ गोलको जित निकाल्यो ।

जितसँगै शीर्ष स्थानको बायर्नले ७ खेलबाट १८ अंक जोठ्यो । समान खेलबाट १७ अंक जोडेको डर्टमुण्ड तेस्रो स्थानमा छ ।