Rumpum Advertisement
Dazzu

युवतीलाई बेच्न खोज्ने तीन जना थुनामा

युवतीलाई बेच्न खोज्ने तीन जना थुनामा

विराटनगर, २३ कात्तिक । जिल्ला अदालत मोरङले सुनसरीको रामधुनी नगरपालिका घर भएकी एक किशोरीलाई बेच्नका लागि भारत लैजाने गिरोहका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा पक्राउ परेका तीन जना अभियुक्तहरूलाई मोरङ अदालतका मुख्य न्यायधीश मेदिनीप्रसाद पौडेलको इजालासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि पक्राउ परेका मोरङको लेटाङ्ग नगरपालिका ३ घर भइ रामधुनी नगरपालिका ५ झुम्कामा बस्ने २२ वर्षीया मनिका ढकाल र सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल पूर्पक्षक कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए ।

सोही मुद्दाका सप्तरीको तिलाढी कौलारी गाउँपालिका १ का १७ वर्षीय एक जना नावलक भएकोले उनलाई अदलातले विराटनगरस्थित बाल सुधार गृह पठाएको छ । उनीहरूले सुनसरीको रामधुनी नगरपालिकाका १८ वर्षिया ती किशोरीलाई झुक्याएर बलि दिनका लागि भारत बेच्न लैजान लागेको आरोपमा विराटनर १७ स्थित नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट असोज ४ गते प्रहरी र साना हातहरु नामक संस्थाले पक्राउ गरेको थियो ।

उनीहरुले किशोरीलाई भारतमा बलि दिन लगेको हुनसक्ने आशंका गरिएको थियो । भारत पुर्याएपछि किशोरीले फुत्किएर आफ्नो ज्यान जोगाएकी थिइन् । आजको हाम्रोमत दैनिकमा समाचार छ