Rumpum Advertisement
Dazzu

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड नाघ्यो

विराटनगर, २३ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या आइतबार बिहानसम्ममा पाँच करोड नाघेको छ ।

एकै दिन चार लाख ९६ लाख पाँच सय १० नयाँ बिरामी थपिएपछि विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड एक लाख ४५ हजार सात सय ७१ पुगेको हो । विश्वमा दिनप्रतिदिन संक्रमित संख्या बढिरहेको छ । दैनिक चार लाख ५० हजार बढी संक्रमित विश्वमा भेटिने गरेका छन् ।

कोरोनाका कारण १२ लाख ५५ हजार पाँच सय १५ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा सात हजार तीन सय २४ जनाको मृत्यु भयो । संक्रमितमध्ये तीन करोड ५५ लाख २४ हजार दुई सय ६२ जना उपचारपछि घर फर्किएका छन् । एक करोड ३३ लाख ६५ हजार नौ सय ९४ जना उपचाररत रहेकोमा ९१ हजार पाँच सय पाँच जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या एक करोड एक लाख ७३ हजार दुई सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख १४ हजार छ सय ८९ जना नयाँ संक्रमित थपिए । कोरोनाका कारण दुई लाख ४३ हजार दुई सय २७ जनाको अमेरिकामा मृत्यु भइसकेको छ ।

एकै दिन एक हजार एक जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ लाख ३५ हजार सात सय १७ जनाको उपचार सम्भव भएको छ । ३४ लाख ९४ हजार तीन सय ३१ जना उपचाररत रहेकोमा १८ हजार तीन सय ३५ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख सात हजार दुई सय तीन पुगेको छ । एकै दिन ४६ हजार तीन सय १८ नयाँ बिरामी थपिए । कोरोनाका कारण भारतमा एक लाख २६ हजार एक सय ६२ जनाको मृत्यु भइसकेको छ । २४ घण्टाभित्र पाँच सय ५७ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ७८ लाख ६७ हजार दुई सय ९१ जनाको उपचार सफल भएको छ । पाँच लाख १३ हजार सात सय ५० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५६ लाख ५३ हजार पाँच सय ६१ पुगेको छ । एक लाख ६२ हजार दुई सय ८६ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये ५० लाख ६४ हजार तीन सय ४४ जनाको उपचार सम्भव भएको छ । चार लाख २६ हजार नौ सय ३१ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।